पहिला पहिला अभिनेत्री नम्रता श्रेष्ठलाई नेपालीको फिल्मका पोस्टर देखेर नै नेपाली फिल्म हेर्न रूचि लाग्दैनथ्यो। समय बित्दै जाँदा आर जे, मोडल हुँदै नम्रता ‘सानो संसार’ फिल्मबाट नेपाली फिल्म क्षेत्रमा अभिनेत्री बनेर आइन्। आजको दिनमा नम्रता चर्चित नायिकाहरुको पंक्तिमा पर्छिन्। उनका समकालिन नायिकाको तुलनामा उनले कम फिल्म गरेकी छन् तर जति गरेकी छिन् तीबाट उनले धेरैजसो अभिनयका लाहि तारिफ नै पाएकी छन्। यस हुनुमा उनले छानेका भूमिकाहरु हुन्। हाल नम्रता नेपाली फिल्ममा कलाकारका रुपमा मात्र नभइ ‘सोल सिस्टर’ फिल्मबाट निर्माता पनि बनिसकेकी छन्।
नम्रताले अभिनय गरेको पछिल्लो फिल्म ‘क्लासिक’ चलिरहेको छ। यस फिल्ममा गरेको कामका लागि उनी फेरि प्रशंसा ने पाइन्। उनी नम्रतासँग सेतोपाटीले फिल्म संवाद गरेको थियो।
फिल्म हेर्दाको कुनै त्यस्तो सम्झना जुन आज पनि याद आउँछ?
खासै त्यस्तो छैन्। ए तर एउटा छ। एकपटक दिदी र म बल्लबल्ल ब्ल्याकमा टिकट काटेर फिल्म हेर्न हलमा गयौं। आमिर खान र मनिषा कोइरालाको ‘मन’ फिल्म थियो त्यो। फिल्म हेरेर हामी रोयौं। पछि थाहा भयो छेउमा त हाम्रो सर हुनुहुँदो रहेछ। पछि सम्झदा कस्तो ‘फन्नी’ लाग्यो। अनि अर्को ‘कल हो ना हो’ फिल्म हेर्न एक्लै गएको थिए। म फिल्म हेरर एक्लै हाँसिरहेको थिएँ। पछि ब्रेकमा बत्ती बलेपछि थाहा भयो छेउमा त स्कूलकै साथी रहेछ। त्यतिबेला क्या अक्वर्ड फिल भयो।
हेरेको पहिलो फिल्म?
ठ्याक्कै त थाहा भएन कुन हेरें।
कति फिल्म हेरियो?
ओहो कति कति? म धेरै नै फिल्म हेर्छु तर कति हेरें थाहा छैन्।
फिल्म किन हेर्नुपर्छ?
मैले फिल्म हेर्दा कि त्यसले मलाई मनोरन्जन दिनुपर्यो कि मलाई ‘इन्सपायर’ गर्नुपर्छ।
तपाईका लागि फिल्म के हो?
मेरो लागि ‘इन्सिपेरेसन’ हो। मलाई फिल्म हेरेपछि कुने न कुनै क्यारेक्टरले ‘इन्सपायर गर्नुपर्छ।
फिल्म हेरेर के सिक्नु भयो?
यो त्यो भन्ने हुँदैन्। दैनिक जीवनमा सानातिना कुराका जान्छ।
फिल्म हेर्दा विशेष ध्यान केमा जान्छ?
फिल्म अनुसारका चिजमा ध्यान जान्छ। त्योचाँहि फिल्म पिच्छे भर पर्छ। कुनै फिल्म हेर्दा कलाकारको काम, कुनै हेर्दा फिल्मको सेट। मलाईचाहिँ भन्ने हो भने स्क्रिनप्लेमा हो तर कहिलेकाँहि कलाकारको कामले यति तान्छ कि सबै चिज बिर्सिइन्छ।
कुन मिडियममा फिल्म हेर्न मनपर्छ?
मलाई हलमा नै फिल्म हेर्न मज्जा लाग्छ।
फिल्म कसरी छान्नुहुन्छ?
कहिलेकाहिँ साथीभाइको सिफासिरमा कहिलेकाँहि अनलाइनमा खोजेर अनि कहिले चाँहि आफूलाई मनपर्ने कालाकरहरूको फिल्म आउँदैछ भनेर ती फिल्मको ट्रेलर आदि हेरेर।
हेरेका फिल्म मध्ये आफूलाई मनपरेको नायक चरित्र?
माई लेफ्ट फुटको डेनियल डे लुइस।
मनपरेको खलनायक चरित्र?
‘द डार्क नाइट’को हेथ लेजरले गरेको ‘जोकर’।उनको त्यो अन्तिम फिल्म काम एकदम प्रभावशाली लागेको थियो।
फिल्म हेर्दा लागेको कुनै एउटा यस्तो चरित्र जससँग आफूलाई नजिक छु जस्तो लाग्यो?
त्यसो त कत्ति लाग्छ, बिर्सिन्छ, विदेशी फिल्म हेर्दा मलाई त्यस्तो लाग्छ। ठ्याक्कै यहि भन्ने त छैन्। धेरै फिल्महरुको केहि न केहि आफूसँग नजिक छ जस्तो लाग्छ। यहि ने हो भन्ने चाँहि छैन्।
कस्तो खाले फिल्म हेर्न मनलाग्छ?
मेरो कुनै जनरा नै छेन् फिल्म हेर्ने। म जस्तो पनि हेर्छु किनभने मलाई चाँहि फिल्मको मेकिङ् सबै हेर्न मनलाग्ने भएकाले गर्दाखेरि यहि भनेर हेर्दिन। म सबै खाले फिल्म हेर्छु।
पछिल्लो पटक आफूलाई प्रभाव पारेको फिल्म?
‘लाइफ इज ब्यूटिफूल’ हो जस्तो लाग्छ। एकचोटी चेक गर्छु है। ‘लाइफ इज ब्यूटिफूल’ नै हो। फिल्ममा यति राम्रो र रोचक ढंगले काम गरेका छन् जसका हरेक कुरा अर्थपूर्ण लाग्छन्।
धेरैपटक दोहोर्यार हेरेका फिल्म?
माई लेफ्ट फुट, बाइसाकल थिफ, लाइप इस ब्यीटिफूल, लभ न द टाइम अफ कोलेरा, लस्ट इन ट्रान्सलेसन आदि।
एक जना निर्देशक जसको तपाई ‘डाइहार्ट फ्यान’ हुनुहुन्छ?
मलाई सबैजनाको राम्रो लाग्छ। यस्तो ‘डाइहार्ट फ्यान भन्ने छैन्।
पछिल्लो पटक हेरेको फिल्म?
हलमा ‘फन्को’ घरमा ‘लाइफ इज ब्यूटिफूल।