इन्डियाना जोन्सको पाँचौ श्रृखंला बन्ने पक्का भएको छ। मंगलबार फिल्म निर्माण कम्पनी वाल्ट डिज्नेले यसको घोषणा गरेको हो। फिल्मको यस श्रृखंलामा अघिल्ला चार श्रृखंलामा अभिनय गरेका ह्यारिसन फोर्डले निर्देशक स्टिभन स्पलेवर्गसँग फेरि सहकार्य गर्नेछन्।स्टिभन फिल्ममा चारै श्रृखंलाका निर्देशक हुन्।
फिल्म सन् २०१९मा रिलिज हुनेछ। वाल्ट डिज्नेले फिल्मका निर्देशक, निर्माता, अभिनेता तथा भूमिकाको सहकार्य आफैमा सम्पूर्ण रहेको बताउँदै काम राम्रो हुने आशा व्यक्त गरेको छ।
फिल्मको अघिल्लो श्रृखंला सन् २०१३ मा रिलिज भएको थियो। घोषणासँगै दर्शकका लागि फिल्म प्रतिक्षित हुजने उनीहरूले बताएका छन्। यस एक्सन फ्रान्चाइजले विश्वव्यापीरुपमा झण्डै २ विलियन डलर कमाइ गरेको थियो।
Facebook Comments Box