सन् २०१२ को संस्पेन्स थ्रीलर ‘कहानी’को सिक्वलका लागि विद्या वालनसँग अभिनेता अर्जुन रमपाल मुख्य अभिनेता तय भएका छन्। सुजोय घोषको निर्देशनमा बन्न लागेको फिल्म ‘कहानी २’ छिट्टै नै फल्रमा जानेछ। फिल्मले विद्याको एकपछि अर्को फल्प फिल्मको संख्यालाई रोक्ने विश्वास लिइएको छ।
अघिल्लो श्रृखंलाले प्राप्त गरेको सफलताका कारण पनि फिल्ममा सबैको ध्यान केन्द्रित छ। फिल्मले तीन राष्ट्रिय पुरस्कार र पाँच फिल्म फेयर अवार्ड जितेको थियो। यससँगै फिल्मले ५० दिनमा १०० करोड भारूको कमाइ आँकडा पार गरेको थियो।
Facebook Comments Box