काठमाडौँ, नेपाली जनजनले मन पराएको गीत ‘गोरेटो अनि उस्तै छ गल्ली…’ बोलको गीतका गायक सुनिल बर्देवाको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिइएको छ। गायक, एरेन्जर तथा गिटारिस्ट बर्देवाको ४४ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको हो । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बर्देवाको निधन भएकाे हो । बर्देवाका फूपुका छोरा गायक प्रमोद निर्वाणका अनुसार उनी जण्डिसबाट पीडित थिए। राजधानीको धुम्बाराहीमा बस्दै आएका सुनिललाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

बर्देवाको शव श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । बर्देवाको बुधबार नै अन्त्यष्टी हुँदै छ । चार वटा एल्बम सार्वजनिक गरेका बर्देवाले नविन के भट्टराई राजु लामा, निमा रुम्बालगायत गायकका गीतको एरेन्ज गरेका थिए ।
Facebook Comments Box