काठमाडौं– हरितालिका तीजको अवसर पारेर केशव भट्टराईको चलचित्र ब्रासलेट शुक्रबारदेखि प्रदर्शनमा आएको छ । पारिवारिक प्रेमकथामा आधारीत यो चलचित्रलाई हाँस्यकलाकार निर्मल शाहले निर्देशन गरेका छन् ।
चलचित्र ब्रासलेटबाट नायक रमेश उप्रेतीले एक दशक पछि अभिनयमा फर्केका छन् । चलचित्रमा रमेश उप्रेतीसँगै रजनी केसी र नम्रता सापकोटाको अभिनय रहेको छ । मै नाँचे छमछमी भन्ने गीत चर्चामा रहेको छ ।
निता भट्टराईले निमार्ण गरेको चलचित्र शुक्रबारदेखि ५० भन्दा बढी सिनेमा हलमा प्रदर्शनमा आउने निमार्ण टोलीले जनाएको छ ।
https://youtu.be/aytg2MzFFZ8
Facebook Comments Box