एजेन्सी – अमेरिकी हास्य अभिनेता जिनी वाइल्डर को ८३ बर्षको उमेरमा मृत्यु भएको छ ।
उनको भतिजका अनुसार अल्जाईमारको बिरामीको कारण उनको मृत्यु भएको हो ।
वाइल्डरलाई मानिसहरु उनको ” विलि ओंन्का एंड द चकलेट फ्याक्ट्री” मा गरेको अभिनयको कारण याद गर्छन् । उनले फिल्म ‘द प्रोड्यूसर्स’, ‘ब्लेजिंग सैडल’ र “‘योंग फ्रैंकिस्टीन’ मा पनि काम गरेका थिए । उनि दुई पटक ओस्कारको नोमिनेसनमा परेका थिए ।
वाइल्डरको मृत्युपछि अमेरिकाका मानिसहरु दुखि भएका छन् । उनलाई श्रदान्जली दिदै सामाजिक संजालमा लेखेका छन् कि वाइल्डर हाम्रो समयका धेरै राम्रा अभिनेता हुनुका साथै उनले हरेक फिल्ममा चमत्कार देखाएका थिए ।
Facebook Comments Box