काठमाडौं । ड्रिम्स गर्ल साम्राज्ञराज्य लक्ष्मी शाहको दोस्रो फिल्म ‘ए मेरो हजुर’ को फर्स्ट लुक बाहिरिएको छ । ![]()
अभिनेत्री झरना थापाले पहिलोपल्ट ‘ए मेरो हजुर–२’ को निर्देशन गरिरहेकी छिन् । यो फिल्ममा साम्राज्ञराज्य लक्ष्मी शाहले अभिनय गरिरहेकी छिन् जसको ‘ड्रिम्स’ पहिलो फिल्म थियो ।
भुवन केसीको ‘ड्रिम्स’बाट उनको अभिनयको तारिफ समेत भएको थियो । साम्राज्ञीको ‘ए मेरो हजुर–२’को लुक्स बाहिरिएको छ । यो फिल्ममा साम्राज्ञीले नव अभिनेता सलिन मानसँग रोमान्समा छन् ।
सार्वजनिक फर्स्टलुक तस्विरमा साम्राज्ञीलाई नेवारी ड्रेसमा भेट्न सकिन्छ । सार्वजनिक दृश्य फिल्ममा समावेश एक गीतको हुनसक्ने अनुमान छ । साम्राज्ञी ड्रिम्स रिलिजपछि हटकेक बनेकी अभिनेत्री हुन् ।
एसके फिल्म्सको व्यानरमा बनेको फिल्ममा सलोन बस्नेत पनि लिड रोलमा छन् । फिल्मका निर्माता सुनिलकुमार थापा हुन् ।
Facebook Comments Box