एजेन्सी । बलिउड अभिनेता सलमान खानको जोडी भएर अभिनेत्री सोनाक्षी सिन्हाले फिल्म ‘दबंग’ र यसको सिक्वेल ‘दबंग–२’ मा काम गरेकी थिइन् ।![]()
‘दबंग’को अर्को सिक्वेल ‘दबंग–३’ बन्ने सुरसार चल्न थालेसँगै सलमानको जोडी भएर यसमा पनि सोनाक्षीले काम गर्ने चर्चा चलेको थियो । फिल्म निर्माण युनिटनिकट स्रोतबाट पनि यसको पुष्टि भइसकेको थियो ।
यस्तोमा केही समययता ‘दबंग’को अब बन्ने सिक्वेलबाट सोनाक्षीको नाम चट भएको समाचार विभिन्न अनलाइन तथा टेलिभिजनमा आयो । तर, गत साता सोनाक्षीले यस्तो हल्लामा सत्यता नभएको बताएपछि हल्ला पुनः मत्थर भएको छ ।
गत साता एउटा अन्तर्वार्तामा ‘‘दबंग–३’ मा तपाईंले काम नगर्ने हल्ला सत्य हो रु’ भनी सोध्दा सोनाक्षीले छोटो जवाफ दिइन्, ‘होइन ।’
Facebook Comments Box