पथरी । मोरङको पथरीशनिश्चरेको साहित्यिक गतिविधिलाई पुनर्जागृत गर्ने क्रममा शनिवार पूर्वका ५ जना गजलकारका गजल वाचन कार्यक्रम सम्पन्न भएको छ ।
जनसाहित्यिक मञ्च मोरङको आयोजनामा सम्पन्न कार्यक्रममा विराटनगरका मधु पोखरेल, हरि कट्टेल, पथरीशनिश्चरेका रोहित पराई, सुनसरीकी टीका आत्रेय र झापाकी खगिन्द्रा खुसीले २ चरणमा बहरका आफ्ना ५, ५ वटा रचना वाचन गरे ।
कार्यक्रममा नेपाली साहित्यमा गजल विधा सवैको प्रिय बनेको कुरा पुष्टि गरेको छ । सो अवसरमा गजलकार लोकेन्द्र बञ्जारा र घनश्याम पथिकले गैर बहरका गजन प्रस्तुत गरेका छन् ।
कार्यक्रममा जनसाहित्यिक मञ्चका केन्द्रीय उपाध्यक्ष प्राध्यापक डाक्टर भीम खतिवडा, केन्द्रीय सदस्य गण्डकीपुत्र र पथरी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख चेतन पौडेलले चेतना र कलालाई जोडेर समाज परिवर्तनमा साहित्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।