बिर्तामाेड । दीपाश्री निरौलाले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘छक्का पन्जा’ अन्ततः भदौको २४ गते रिलिज हुने भएको छ । निर्देशक निरौलाले चलचित्रको प्रदर्शन मिति तय भएको बिर्तामाेडमा अायाेजित पत्रकार सम्मेलनमा जानकारी गराएकि हुन् ।
उनका अनुसार भदौमा रिलिज हुने चलचित्रको संख्या दर्जन बढी भएपनि यो चलचित्र भने अरु सँग नजुदि रिलिज हुनेछ ।
दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा लगायत अन्य हास्य कलाकारहरु मिलेर बनाएकाे याे चलचित्रकाे छायांकन काभ्रेकाे साल्पिटार, नवलपरासी, र काठमाण्डाैँ लगायतका ठाउँमा गरिएकाे छ ।
चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे लगायतका कलाकारको मुख्य भूमिका छ ।
यसपटक चलचित्रले वैदेशिक राेजगारीमा जाने युवाका कथा र वैदेशिक राेजगारीमा जाँदाका समस्या, कारण लगायतका बिषय उठाएको निर्माणपक्षले जनाएकाे छ ।
यसअगाडि ‘६ एकान ६ र वडा नम्बर ६’ बनाएर सफलता पाइसकेकाले पनि यो जोडीको चलचित्र दर्शकका लागि प्रतिक्षामा हुने गरेको छ । यस चलचित्रकाे ‘पूर्व पश्चिम रेल’ बाेलकाे गीतकाे भिडियाेले १९ लाख बढि र ‘बाेलन चम्पा’ बाेलकाे गीतले ६ लाख बढिले युटुबमा हेरिसकेका छन् ।
पत्रकार सम्मेलनमा निर्माण पक्षका दिपकले सम्पूर्ण दर्शलाई राम्रा नेपाली सिनेमालाई प्राेत्साहित गर्न र नराम्राेलाई निरुत्साहिन गर्नु पर्ने समेत बताए ।