एउटा आत्मकथा हुनका लागि चलचित्रले धेरै कुरालाई छोडिदिएको छ।
जस्तै उनका तीनमध्ये दुई विवाह, एकजना सन्तान र उनकी बहिनीहरूसँगको सम्बन्धको तिक्तता र सहकर्मी अभिनेत्रीसँगको प्रेम लगायतका विषय।
बीबीसी एसिया नेटवर्कका हारुन रसिदसँग चलचित्रका निर्देशक राजकुमार हिरानीले भनेका छन्, “तपाईँले एउटा व्यक्तिको जीवनलाई अढाई घण्टाको कथामा समेट्नुछ भने तपाईँले के सान्दर्भिक छ भनेर छान्नुपर्ने हुन्छ।”
उनले उनको चलचित्र महिनौँको अनुसन्धान र अन्तर्वार्तामा आधारित रहेको पनि उल्लेख गरेका छन्।
“मैले उनलाई गिरफ्तार गर्ने प्रहरी अधिकारीलाई भेटेको छु। त्यसपछि मैले उनको पक्षमा वकालत गर्ने सबै वकिलहरूलाई पनि भेटेको छु।”
“मैले धेरै पत्रकारहरूलाई पनि भेटेको छु, ४० देखि ५० जनालाई भेटेर, उनीहरूका कथा सुनेर मैले त्यसलाई कथामा ढालेको हुँ।”
धेरैले यो एकपक्षीय कथा हो भन्ने धारणालाई अन्यथा नलिइ चलचित्रलाई स्वागत गरेका छन्।
तर यसले एउटा स्वभाविक प्रश्न उठाइदिएको छ: “के बलिवूडले आफैँबारे एउटा वास्तविक र पूर्वाग्रहरहित आत्मकथामा चलचित्र बनाउनसक्छ?”