विर्तामोड । पोजिटिभ मिडिया इभेन्ट्सले मिस पूर्व आइकन २०१६ को आयोजना गर्ने भएको छ । उक्त प्रतियोगितामा पूर्वाञ्चलका १६ देखि २५ बर्षसम्मका किशोरीहरुविच प्रतिस्पर्धा गराइने सोमबार विर्तामोड आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिताको अडिसन साउन १७ गते विर्तामोडमा, साउन १८ गते धरानमा, साउन १९ गते इटहरीमा, साउन २० गते दमकमा र साउन २१ गते इलाममा हुने पोजिटिभ मिडिया इभेन्ट्सका प्रवन्ध निर्देशक गोपाल पोखरेलले बताए ।
प्रतियोगितामा विजेतालाई भेस्पा स्कुटर, फर्स्ट रनरअपलाई पचास हजार र सेकेन्ड रनरअपलाई ३० हजार नगद पुरस्कार प्रदान गरिने कार्यक्रम संयाेजक चेतन अधिकारीले बताए । प्रतियोगितामा भाग लिन कम्तिमा ५.२ फिट हुनु पर्ने अायाेजकले जनाएकाे छ ।
प्रतियोगिताको अडिसनका निर्णायक चर्चित काेरियाेग्राफर तथा माेडल राेमी खड्गी , चर्चित भीजे सुशील नेपाल र माेडल सुष्मा अधिकारी रहने कार्यक्रम संयाेजक अधिकारीले बताए ।