छुटाउन नहुने कुरो लाग्यो भनम् भनम्
हरप्रकार शिक्षा दिने गुरूप्रति नमन्
छेउ पर्न नसकेनी माध्यम सन्जालको छ
पक्कै पुग्यो मेरो शीर हजुरको चरण
आमा-बुबा पछि हजुर मेरा तीन गुरुमा
हजुरहरु बाहेक यहाँ कसको भर परम्
बिराएको लाग्दैन त्यो हजुरको बोली
गल्ती भए माफी मागें अरु कसो गरम्
सिक्या कुरो बाँडे मैले मौक़ा पाए बाँड्छु
अझ ‘अन्जान’ छु म कतै कहिले जान्ने बनम्
Facebook Comments Box