काठमाडौँ । चलचित्र विकास बोर्डले अन्ततः पूर्णता पाएको छ । मन्त्री परिषदको शुक्रवार बसेको बैठकले रिक्तदुई सदस्य पदमा नियुक्त गरेपछि बोर्डले पूर्णता प्राप्त गरेको हो ।
निर्माता एवं वितरक नरेन्द्र महर्जन र पत्रकार अशोककुमार राई दुईवर्षकालागि सदस्यमा नियुक्त भएको प्रवक्ता एवं संचारमन्त्री शेरधन राईले बताए ।
दुई दशकभन्दालामो समयदेखि फिल्म निर्माण, प्रदर्शन र वितरणमा सक्रिय महर्जनले फिल्मको विकासमा काम गर्ने प्रतिक्रिया दिए । महर्जन र राईले आइतबार ११ बजे मन्त्रालयबाट नियुक्ति प्रमाणपत्र बुझेर कार्यभारका लागि बोर्ड जाँदैछन् ।
पत्रकार राई अशोक प्यासी राईको नामले चर्चित छन् ।
Facebook Comments Box