
काठमाडौँ । बलिउड अभिनेता सलमान खान २०७५ वैशाख पहिलो साता काठमाडौँ आउने भएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै स्थगित भएको बलिउड सुपरस्टार खानको नेपाल कन्सर्ट वैशाख पहिलो साता हुने भएको हो ।
आयोजक संस्था ओडिसी इन्टरटेन्मेन्टका प्रमुख सीमान्त गुरुङका अनुसार सलमानलाई वैशाख पहिलो साता काठमाडौँ ल्याउने कुरामा सहमति भइसकेको जानकारी दिए । फागुन २६ गते हुन लागेको ‘दबंग द टूर नेपाल’ विशेष कारणले स्थगित भएको जनाउँदै गुरुङले अब वैशाखमा सलमान काठमाडौँ आउने बताए ।
‘करिब १५ करोड रुपैयाँ बजेट लाग्ने यो कार्यक्रममा करिब १० करोड रुपैयाँ खर्च भइसकेको छ’, गुरुङले भने, ‘वैशाखमा हुने कार्यक्रमको मिति टुंगिएपछि आधिकारिक जानकारी गराउँछौँ ।’
अहिले टिकट लिइसकेका दर्शकले त्यही टिकटबाट कार्यक्रम हेर्न सक्ने उनले बताए । आयोजक संस्था ओडिसीले वैशाखको कार्यक्रमका लागि टिकट विक्री जारी राख्ने जनाएको छ। अन्नपुर्णबाट