विर्तामोड । मिस मेची २०१६ को फिनाले शनिवार हुने भएको छ । उक्त प्रतियोगिताको आयोजक संस्था ड्रिम्स वर्ल्ड इन्टरटेन्मेन्ट प्रालिले विहीबार चारपानेको टाइम स्क्वायर पार्टी प्यालेसमा गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिएको हो ।
उक्त प्रतियोगितमा झापा र इलामका ३१ जना किशोरीहरु सहभागी रहेको आयोजक संस्थाका प्रणित पुडासैनीले जानकारी दिए । उक्त प्रतियोगितको निर्णायकमा नायिका नम्रता श्रेष्ठ तथा राधाकृष्ण धिताल आउने उनले बताए । विजेताले नगद ५० हजार र विविए अध्ययन निशूल्क प्राप्त गर्ने उनले बताए ।
Facebook Comments Box