काठमाडौं । गायक तथा संगीतकार तुला पर्वतको ‘फर्की आउन पाउँ आफ्नै गाउँ घरमा’ बोलको गीती भिडियो सार्वजनिक गरिएको छ ।
युट्युब मार्फत सार्वजनिक गरिएको भिडियोले नेपालीले परवासमा बस्दा भोग्ने पीडा र अत्यास लाग्दो जीवन संर्घषको विषयलाई प्रस्तुत गरेको छ ।
तुलाकै शब्द, संगीत र स्वर रहेको गीतको भिडियो पनि उनैले निर्देशन गरेका छन् । भिडियोको आधा भाग मकाउमा छायांकन गरिएको छ भने बाँकी भाग नेपालमा छायांकन गरिएको हो । अभिनयमा तुलाका साथै कलाकार रक्षा श्रेष्ठले अभिनय गर्नुभएको छ ।
https://youtu.be/XVQhSV3S9q8
Facebook Comments Box