![]()
एजेन्सी । बलिउडका चर्चित निर्माता निर्देशक सञ्जय लीला भन्सालीको विवादित फिल्म ‘पद्मावत’ले चार दिनमै बक्स अफिसमा सय करोड बढी कमाइ गरेको छ। भारतका कतिपय प्रदेशमा बहिस्कार र विरोध प्रदर्शन गरिएता पनि फिल्म रिलिज भएको चार दिनमै उसले सय करोड बढी कमाएको भारतीय सञ्चार माध्यमले जनाएको छ।
फिल्म समीक्षक तथा विश्लेषक तरण आदर्शका अनुसार ‘पद्मावत’ पहिलो दिन बुधबार सीमित प्रदर्शन गरेर ५ करोड, दोस्रो दिन विहीबार १९ करोड, तेस्रो दिन शुक्रबार ३२ करोड, शनिबार २७ करोड र आइतबार ३१ करोड गरी ११४ को करोडको कमाइ गरेको हो।
भारतमा पद्मावतको प्रदर्शन विरुद्ध प्रदर्शन र रोकावट भए पनि अन्तराष्ट्रिय बजारमा भने पद्यावतले उत्कृष्ट कमाई गरेको छ। तरणका अनुसार फिल्मले अस्ट्रेलिया र बेलायतमा राम्रो व्यावसाय गरेको हो।
सुरुको दिन पद्यमावतको प्रदर्शनलाई सीमित गरिए पनि बिहीबारदेखि भने राम्रो कमाइ गर्न थालेको छ।
सञ्जय लिला भन्सालीले बनाएको फिल्म पद्मावत सुटिकङको समयदेखि नै विवादमा रहेको थियो। सुटिङको क्रममा फिल्म विरुद्ध प्रदर्शनका साथै राजपूत संगठनले पद्मावतीलाई गलत तरिकाले देखाइएको आरोप समेत लगाएका थिए।
विरोधपछि पद्मावतीलाई ‘पद्मावत’ नाम राखेर प्रदर्शनमा ल्याइएको थियो। त्यही पनि विरोधका कारण भारतको हरियाणा, गुजरात तथा मध्य प्रदेशका हलहरुमा भने उक्त फिल्म लाग्न सकेन।