काठमाण्डौं । बीपी कोइरालाको उपन्यासमाथि बनेको चलचित्र ‘तीन घुम्ती’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । चलचित्रको नाम पनि पुस्तकबाट नै राखिएको छ ।
बाबुराम ढकालको निर्देशनमा बनेको चलचित्रमा इन्द्रमायाको भूमिकामा गरिमा पन्तले अभिनय गरेकी छिन् । कृतिमाथि बनेको उनी अभिनित यो दोस्रो चलचित्र हो । यो भन्दा अगाडि उनले अभिनय गरेको चलचित्र झोला सफल भएको थियो ।
चलचित्रमा गरिमा पन्तसँगै ध्रुव दत्ता, सुशान्त कार्कीको अभिनय रहेको छ । देशभर प्रदर्शनमा आएको चलचित्रको निर्माता भने राकेश अदुकिया हुन् ।


ट्रेलर हेर्नुहोस् ।
Facebook Comments Box