
काठमाण्डाैं, १८ जेठ । नेपाली चलचित्रको गीत लेखनमा विशिष्ट परिचय बनाएकी गीतकार कुसुम गजमेरको निधन भएको छ ।गजमेरको ७२ वर्षको उमेरमा उपचारको कैममा भारतको मुम्बईमा बिहीबार बिहान निधन भएको हो ।
कलेजोको समस्याबाट पीडित गजमेरल चियाबारीमा’, ‘रेली खोला बगर’, ‘पिरती आफैं हुँदो रैछ’, ‘वीरताको चिनो वीरको सन्तान’, माया के होला’ लगायत गीतहरु सफल र निकै चर्चामा रहेका छन् । भारतको दार्जिलिङमा जन्मिएकी कुसुम निर्देशक तुलसी घिमिरेकी सासू हुन् । उनका दुई छोरी र एक छोरा छन्
Facebook Comments Box