काठमाण्डाैं । महिला फिल्म निर्माता तथा निर्देशकहरुको सशक्तिकरण गर्ने उद्देश्यका साथका काठमाडौंमा १ दिने अन्तराष्ट्रिय महिला फिल्म फेस्टिबल आयोजना गरिएको छ ।
महिला फिल्म फेष्टिबल, नेपाल च्याप्टरले आज पर्यटन बोर्डको सभाहलमा आयोजना गरेको फिल्म फेस्टिबलमा एशियन देशका महिला फिल्म निर्माता तथा निर्देशकहरुको समेत सहभागिता रहेको छ । एशीयन देशका महिला फिल्म निर्देशक तथा निर्माताहरुको अनुभव साटासाट गर्न फिल्म फेष्टिबलकाे आयोजना गरिएको महिला फिल्म फेस्टिबल, नेपाल च्याप्टरकी प्रमुख अनुपा श्रेष्ठले जानकारी दिनु भयो ।
फेस्टिबलमा नेपाल, जापान, चीन, भारत, बंगलादेश लगायतका देशका महिलाहरुले निर्देशन तथा निर्माण गरेको फिल्म प्रर्दशन गरिएको छ ।
महिलाहरु पनि फिल्म निर्माणमा सक्षम छन भन्ने सन्देश दिन पनि फेस्टिबलको आयोजना गरिएको बताइएको छ । नेपालमा अन्तराष्ट्रिय स्तरको महिला फिल्म फेस्टिबल आयोजना गरिएको यो पहिलो पल्ट हो ।
सम्मेलनमा फिल्म निर्माणका क्रममा महिलाहरुले भोग्नु परेका चुनौतिका विषयमा पनि कार्यपत्र प्रस्तुत गरिएको छ ।