काठमाडौं । चलचित्र लुटको सिक्वेल ‘लुट-२’को ट्रेलर सार्वजानिक भएको छ। काठमाडौँ आज बिहिवार पत्रकार सम्मेलन गर्दै ट्रेलर सार्वजानिक गरिएको हो ।

पत्रकार सम्मेलनमा सिक्वेलको रुपमा रहेको ‘लुट-२’ पनि सुपर हिट हुने अपेक्षा गरेको निर्माण पक्षले दाबी गरेको छ। निश्चल बस्नेतको लेखन तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल,र्कम शाक्य , दयाहाङ राइ , ऋचा शर्मा, विपिन कार्की लगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्र लुट-२’ मा हाकु कालेले बैंक लुटेर धोका दिए पश्चात नरे, गोफ्ले, पाण्डे र खत्री लगायत स्वयं हाकु कालेकै जीवनमा घटेको घटनाहरु र त्यसको साथमा केही नयाँ पात्रको प्रवेशसँगै ‘लुट-२’ तयार भएको हो।
पपकर्न पिक्चर्सको प्रस्तुति र प्रिन्सेस मुभिज र ब्लाक हर्स पिक्चर्सको निर्माण रहेको चलचित्र ‘लुट-२’ मा माधव वाग्ले र नरेन्द्र महर्जनको लगानी रहेको छ । फिल्म फागुन १३ गतेबाट देशैभरि एकसाथ प्रर्दशनमा आउने भएको छ ।
हेर्नुस भिडियो: