एजेन्सी । गत साता प्रदर्शनमा आएको चलचित्र ‘दंगल’ले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ । चलचित्रले रिलिजको ९औं दिन सम्म २३९.०१ करोडको व्यापार गरेको छ ।

रिलिजको पहिलो दिन २९.७८ करोडको व्यापार गरेको यो चलचित्रले शनिबार ३४.८२ करोडको व्यापार गर्यो । आइतबार ४२.४१, सोमबार २५.६९, मंगलबार २३.०९, वुधबार २१.४६ करोड र बिहिबार २०.२९ करोड त्यस्तै दोस्रो साताको शुक्रबार १८.५९ करोड र शनिबार २२.७२ करोडको व्यापार गर्दै चलचित्रले २३९.०१ करोडको व्यापार गरेको हो ।
आइतबारसम्म चलचित्रको व्यापार २५० करोड पुग्ने बलिउड पण्डितहरुको विश्लेषण छ ।
चलचित्रले आमिर खानकै चलचित्र ‘पीके’को रेकर्ड तोड्ने संकेत देखाएको छ । ‘पीके’ले बक्स अफिसमा ३३० करोड माथिको व्यापार गरेको थियो ।
Facebook Comments Box