काठमाडौँ । आइतबार एकसाथ आधा दर्जन बढी तीज गीत सार्वजनिक भएका छन् ।
आइतवार काठमाडौंको राष्ट्रिय नाचघरमा यस बर्ष बजारमा आएका मौलिक आधा दर्जन बढी तीज गीत सार्वजनिक भएका हुन् ।
कार्यक्रममा सामुहिक विमोचनसँगै विकृतिजन्य गीतहरको बारेमा पनि अन्तर्क्रिया गरिएको थियो । सारी लरक्कै, बाबाको आँगनीमा, फेरि आयो तीजै, चेलीलाई माइती, कालो कपाल पारेर फरर लगायतका गीतहरु एकसाथ विमोचन भएका हुन् ।
सो अवसरमा गीतका सर्जक, एवं गायक गायिकाहरुले आफ्नो आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
नेपाली लोक संस्कृतिको संरक्षण, संवद्र्धन र प्रचार प्रसार गरौँ, शान्ति, प्रेस स्वतन्त्रता, मानव अधिकार र पत्रकार हकहितको सुनश्चित गरौँ भन्ने नारासहित राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा गीतहरुको सामुहिक विमोचन भएको हो । यस वर्ष हरितालिक तीज भदौ २१ गते परेको छ ।
Facebook Comments Box