एजेन्सी । अक्षय कुमार अभिनित ‘जोली एलएलबी २’ विवादमा परेको छ। ‘जोली एलएलबी २’को हालै रिलिज भएको ट्रेलरमा समाविष्ट भएको एक संवादका कारण विवादमा तानिएको हो।
![]()
फिल्मको एक संवादमा भारतको चर्चित जुत्ता-चप्पल ब्रान्ड ‘बाटा;ले आपत्ति व्यक्त गरेपछि यस्तो भएको हो। सो कम्पनीले फिल्म निर्माण पक्षलाई संवादबाट आफ्नो ‘ब्रान्ड’को नाम हटाउन र कम्पनीसँग माफि माग्न माग गरेको छ। कम्पनीले फिल्मलाई सो मागसहितको कानुनी पत्रसमेत पठाएको छ।
उक्त पत्र फिल्म निर्माण कम्पनी ‘फक्स स्टार स्टुडियो इन्डिया, फिल्म निर्देशक सुभाष कपुर, अभिनताद्वोय अक्षय कुमार तथा अन्नु कपुरलाई पठाइएको छ। पत्र प्राप्त गरेका निर्देशक कपुरले सो सम्बन्धमा जे गर्नुपर्ने हो फिल्मका निर्माताहरूले गर्ने प्रतिक्रिया जनाएका छन्।
फिल्मको एक अदालती दृश्यमा अक्षयकुमारलाई जवाफ दिने क्रममा अन्नु कपुरले ‘बाटाको जुत्ता र घटिया टेरिकोटको सर्ट लगाएर मसँग मुखमुखै लागिरहेको छ’ भन्ने संवाद बोलेका छन्। फिल्मको यही संवादमा बाटा कम्पनीले आपत्ति जनाएको हो।
कम्पनीका अनुसार सो संवादले कम्पनीको ब्रान्डलाई बदनाम गर्ने प्रयास भनेको छ।
https://youtu.be/kvjxoBG5euo