काठमाडौँ । आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी गएराति नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
छातीमा पीडा भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । भक्तपुरको साँगामा बेलुका पक्राउ गरेर प्रहरीले उनलाई अपराध महाशाखा बानेश्वरमा ल्याएको थियो ।
अपराध महाशाखा पुगेका निर्माता सरोज न्यौपानेले आफूसँगको भेटमा अनमोलले ‘दाइ बरु म जेलमै बस्छु तर, नराम्रो मूभी त गर्दिन’ भनेर बताएको सामाजिक संजालबाट जनाएका छन् ।
Facebook Comments Box