जति जति रात पर्दै गयो, त्यो डरलाग्दो खण्डहरबाट मुटुनै कमाउने आवाजहरु आउन थाले । म अघि बढ्दै थिएँ तर आवाजहरुले भयभित बनाउँदै थिए ।
म त्यसै कहाँ हिडेको थिएँ र ? जीवनको महान एवंम अनुपम लक्ष्य प्राप्तिमा थिएँ । मैले हाम्रा शास्त्रहरुमा र बाइवलमा पढेको थिएँ कि तिमीले स्वर्ग भेट्नेछौ, भगवानलाई प्राप्त गर्नेछौ, आफैमा विस्वास गर । त्यो भन्दा बढी आफ्नो महान सपनामा विस्वास गर । तिमी निरन्तर अघि बढ चाहेको पाउनेछौ । ति ग्रन्थहरुका यी पवित्र वाक्यहरुले म अत्यन्तै प्रभावित थिएँ । त्यसकारण मेरो जीवनको लक्ष्य नै यही जुनीमा स्वर्ग भोग्नु अनि इश्वरलाई प्राप्त गर्नु थियो ।
हो म यही सिलसिलामा अघि बढ्दै थिएँ । निस्पट्ट ताराहरुको रात थियो । ताराको चमकताले केही बढी आशा जगाएको थियो, त्यसैले म मेरो यात्रामा थिएँ । तर अजीवको चौतर्फी आवाजले मेरो साहसीपनमा प्रभाव पार्दै थियो । यधपि मेरो संकल्प दृढ थियो । आफैमा प्रण गर्न थालें कि मेरो सपनाको शक्ति ठुलो, मेरो आन्तरिक साहसको तागत ठुलो कि मेरा पाइलाको गति रोक्ने ति आवाजहरु ? प्रकृतिमा सबै मौजुत छन् । मानवमनका सैतान तथा त्यही मानवमनका भगवान सबै मौजुत छन् । मैले केही पर मनोरम दृश्य देखें । झट्ट हेर्दा नजिकै लाग्यो तर महसुस गर्दा त्यो त क्षितिजमा रहेछ । सायद त्यो स्वर्गसग जोडिने क्षितिज थियो । जहाँ गएर म सबैलाई जीवनको व्यवहारिकताको सच्चाई बताउन सक्थें । जसले गर्दा उनीहरु बेलैमा सकारात्मक पाइलाको लागि सोच्न सकुन । मैले त्यो इश्वरीय बासमा पुग्नको लागि त्यही कहालीलाग्दो आवाजको सहयोग लिने चेष्टा गरें । मलाइ विस्वास थियो कि सहयोग मिल्नेछ | मैले सर्वप्रथम आफ्नो मनको शक्तिको प्रयोग गर्नेबारे सोचें । र भन्न थालें कि ‘हे मेरो मन म भुँवरीमा छु, मलाइ मार्गनिर्देश गर’ तब जवाफ आयो कि ‘राम्रो सोच’ ।
म धैर्य थिएँ । केही राम्रो हुने आशा थियो । म एक्लै थिएँ तर पनि मलाइ कसैको अटुट साथ छ भन्नेमा दृढ थिएँ । मलाइ त्यो आवाजको डर थियो तर म पछि हटिन । किनकि त्यो त मेरो लागि सुनौलो पाठ थियो । यदि म पछि हट्थे भने त्यो विशेष खुशीको अनुभव गर्न पाउने थिइनँ । अन्तत धैर्यताको फल प्राप्त हुँदै थियो । पूर्वबाट सुनौला किरणहरुले धर्तीलाई चुम्बन गर्दै थियो । तर म अझै अलमलमै थिएँ कि यो के हुँदैछ । क्रमशः डरलाग्दो आवाजहरु हराएर गए । मेरो मनले कता कता भन्दै थियो कि मैले लक्ष्य प्राप्त गर्दै थियो । सारा पृथ्वीमा उज्यालो प्रभाव छायो । अचानक विशेष वाणीको आवाज आयो । आवाजले भन्न थाल्यो । “तिमीहरु सबैले सदियौ यात्रा गरयौ खुशी प्राप्तिका लागि, स्वर्ग प्राप्तिका लागि । तर तिम्रो गन्तव्यको अन्तिम विन्दु त्यही हो, जहाँबाट तिमी यात्रा सुरु गर्छौं । संसारमा त्यस्तो कोही छैन जसले तिमीलाई खुशी देओस वा जसले तिमीलाई दुख देओस । त्यो आवाज डरको कारण थिएन । डर त तिम्रै मन भित्रको अदृस्य डरको सोचले पलाएको थियो । तिमीले राम्रो सोच्न थाल्यौ, अहिले तेस्तै हुन थाल्यो । त्यसकारण तिमी जहाँ छौ, जस्तो अवस्थामा छौ, त्यसलाई खुसीले अँगाल, स्वीकार गर । तिमी थोरै प्राकृतिक इश्वरलाई बुझ, त्यो भन्दा बढी आफ्नै मनलाई बुझ, जीवनलाई बुझ । त्यही नै तिम्रो वास्तविक अनि व्यवहारिक स्वर्ग हो | त्यही नै इश्वरको साँचो अनुभव हो” । म झल्याँस भएँ ।
मेरो मुहारमा सूर्यको किरणहरु छाइसकेका थिए । म खुशीले हर्षित भएँ । चारैतिर उज्यालो भइसकेको थियो । मैले थोरै जीवन बुझें । आज देखि मेरो जीवनले नयाँ मोड लिनेमा विश्वस्त हुँदै म उठेर जीवन यात्रामा अघि बढें ।
एसपी उप्रेती
मोटिभेसनल स्पीकर