मिस नेपाल अश्मी श्रेष्ठका लागि भोलि बिहान महत्वपूर्ण दिन हुनसक्छ । आज राति अमेरिकाको मेरिल्याण्डमा हुने मिस वल्र्ड प्रतियोगिताको फाइनलमा विश्वभरबाट ११७ जना सहभागी हुनेछन् । सहभागीमध्ये एकजना नेपालको प्रतिनिधित्वका रूपमा मिस नेपाल अश्मी श्रेष्ठ सहभागी हुनेछिन् ।

सन् २०१६ की विजेता मिस नेपाल अश्मी श्रेष्ठले मिस वल्र्डमा भाग लिनका लागि विभिन्न तालीम तथा कार्यशालामा व्यस्त भएकी थिइन् । ५ फिट ७ इन्च उचाइकी २३ वर्षीया श्रेष्ठले बनाएको ‘क्लासरुम एण्ड वियोण्ड’ प्रोजेक्टले उनलाई शीर्ष ५ मा पुर्याएको थियो ।
विश्व सुन्दरी प्रतियोगिता नेपाली समय अनुसार सोमबार बिहान २ः१५ बजे हेर्न सकिनेछ ।
Facebook Comments Box