
सधै सधै मेरो सामु एउटा तस्विर आउने गर्छ।
प्रायजसो मायाको गीत गजल बनि गाउने गर्छ ।।
उदास मेरो मुहारमा खुशी हेर्न हर्दम यहाँ।
छिया छिया मुटु मेरो मलम पट्टी लाउने गर्छ।।
अन्जान छु म माया प्रेममा थाहा छैन केही मलाई।
सपनाको रंगीन रातमा प्रिय भन्दै धाउने गर्छ।।
पक्कै पनि फसें हजुर माया प्रेममा म पनि ।
त्यसैले त आँखा सामु उही तस्विर छाउने गर्छ।।
Facebook Comments Box