झापा । नेपाली लेखक संघ झापाले शनिवार साहित्यकार सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
बिर्तामोडमा शनिवार आयोजित कार्यक्रममा झापाका दुई अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल र राजेन्द्र संग्रौलालाई संघले सम्मान गरेको हो ।
प्रथम लेखक दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सम्मानित साहित्यकारहरूलाई कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गीतकार शिवशंकर थापाले सम्मानपत्र प्रदान गर्नु भएको थियो ।
नेपाली लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा झापाका प्रतिष्ठित साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व संग्रौला र प्रमुख अतिथि थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो भने लेखक दिवसका बारेमा प्राज्ञ मुनाराज शेर्माले प्रकाश पार्नु भएको थियो ।
Facebook Comments Box
