काठमाडौं । वरिष्ठ कलाकार निर शाहले पत्रकारिता जगतको सहयोगले विकासको गति अघि बढेको बताएको छन् ।
बुधबार काठमाडौंमा आयोजित नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव निफको पत्रकार सम्मेलनमा बोल्दै उनले महोत्सव सफल बनाउनका लागि सञ्चार क्षेत्रको ठुलो भूमिका रहेको बताए ।
उनले भने ‘प्रत्येक वर्ष निफका गतिविधि यसरी व्यापक रुपमा अगाडी बढेर जानका लागि कसैले अद्धितीय रुपमा गुन लगाएको छ भने त्यो पत्रकारिता जगतले हो । पत्रकारिता जगतबाट यसले जुन सहयोग प्राप्त गरेको छ । यो अद्धितीय छ त्यसका लागि धन्यवाद दिन चाहन्छु । ’
उनले निफले स्वदेशि चलचित्रलाई विदेशमा चिनाउने विदेशी चलचित्र संग नेपाली र्दशकलाई सात्क्षात्कार गराउने महत्वपुर्ण भूमीका निर्वाह गरेको बताए ।
Facebook Comments Box
