काठमाडौं । प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक संजालको नियमन जरुरी भएको बताएका छन् ।
आईतबार चलचित्र विकास वोर्डमा आयोजित सामाजिक मिडिया फिल्म अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले समाजलाई गलत बाटोतिर जानबाट जोगाउँन सामाजिक सञ्जालको नियमन जरुरी रहेको बताएका छन् ।
सामाजिक संजालको दुरुपयोगले समाजलाई गलत बाटोतिर लाने भएकाले सरकारले मिडियालाई नियमन र अनुगमन गरी प्रभावकारी बनाउँनु पर्ने उनको भनाई छ । उनले भने ‘सोसल मिडिया आफैँमा एउटा अवसर हो सोसल मिडियाको पनि दुरुपयोग हुन दिनुहुँदैन । राज्यले सोसल मिडियालाई नियमन र अनुगमन र प्रभावकारी कसरी बनाउँन सकिन्छ भन्ने षियमा काम गरीरहेको छ प्रेस काउन्सीलले सहयोगी भूमिका खेलेको छ समाजलाई पनि सुझावहरु दिईरहेको छ सरकारलाई । समाजलाई गलत दिशातिर नलग्नलाई नियमन जरुरी छ ।’
कार्यक्रममा विभिन्न विधामा विजेताहरुलाई अवार्ड वितरण गरिएको थियो । कार्यक्रममा चलचित्र तथा संचारक्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।
