मायामा बढ्दैछ लगानी तिम्रो सहरमा।
मोलमोलाई रहरको लीलामी तिम्रो सहरमा।।
मानवता जोखिन्छ कौडीको अन्दाजमा।
देख्दैछु अभाव छ मलामी तिम्रो सहरमा ।।
ईमान्दारिता त्यहाँ सधै दाउमा राखिन्छ।
अनि किन नहोस भ्रष्टलाई सलामी तिम्रो सहरमा ।।
जति सक्छु जे जान्छु बस त्यति बाँच्छु ।
भयो अब गर्दिन गुलामी तिम्रो सहरमा ।।
Facebook Comments Box