हाँस्य प्रधान भूमिकाबाट चर्चा कमाएका विल्सन विक्रम राई बलिउड नायिका आयसा टाकियासँग हिन्दी फिल्ममा देखिने भएका छन्। हालसम्म नाम सार्वजनिक गरिएको उक्त फिल्ममा भारतको महाराष्ट्रको पुनास्थित एएटा कोलोनीमा फिल्मको सुटिङ भइरहेको छ।

आफूले अभिनय गर्ने हिन्दी फिल्मको सन्दर्भमा सामाजिक सञ्जालामा विल्सनले लेखेका छन्, ‘हिजोजस्तो लाग्छ झापाको बिर्तामोडमा आयसा टाकियाजीको फिल्म वान्टेड हेर्न पैसा नभएर हाफ टाइमपछि एक दिन र हाफ टाइम अघि एकदिन गर्दै हेरेको।’
उनले कला क्षेत्रको ठूलो खोलामा पौडिँदै जाँदा आज वहाँसँगै बलिउडको मायानगरीमा सँगै का मगर्न पाउनु खुसीको कुरा भएको बताएका छन्।
करिब पन्ध्र दृश्यको सुटिङ गर्ने विल्सनले टाकिया र फिल्मका सदस्यहरुसँग खिचेको फोटोमा उनी ढाका टोपीमा सजिएको समेत देख्न पाइन्छ। विल्सन नेपाल टेलिभिजनबाट प्रसारण हुने मेरी बास्सैको तोक्मे बुढाबाट चर्चामा आएका हुन्।