काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी(सीसीपी)को सम्मेलनले चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि सी चिनफिङलाई निर्वाचित गरेको छ ।
सम्मेलनले अनुमोदन गरेसँगै चीनका सर्वोच्च नेता (प्यारामाउन्ट लिडर) सी चिनफिङले कम्युनिस्ट पार्टीको महासचिवका रूपमा अभूतपूर्व तेस्रो कार्यकाल सुरु गरेका छन् । तर, पार्टीमा उनीपछिको वरीयतामा रहेका प्रधानमन्त्री ली खछ्याङ र सल्लाहकार सभाका अध्यक्ष वाङ याङ दुवैले अवकाश पाएका छन् ।
एक सातासम्म चलेको सीपीसीको महाधिवेशन शनिबार समापनपछि सरकारी समाचार संस्था सिन्ह्वाले नयाँ केन्द्रीय समितिका नेताहरूको नाम सार्वजनिक गरेको छ । २०२३ मार्चमा उनको कार्यकाल सकिँदै छ । ६९ बर्से सी फेरि राष्ट्रपति भएसँगै संस्थापक नेता माओत्से तुङपछिका सबैभन्दा शक्तिशाली नेता बनेका छन् । उनी केन्द्रीय सैन्य आयोगका अध्यक्ष पनि हुन् ।
Facebook Comments Box