काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि प्रहरी प्रशासनले अनुसन्धान सुरू गरेको छ ।
गत शनिबार आयोजित आमसभाबाट न्यायालय र प्रहरीविद्ध धम्किपूर्ण भाषण गरेको आरोपमा खानमाथि अनुसन्धान थालिएको हो ।
छानविनको खबरसँगै खानका समर्थकहरू उहाँको घर अगाडि भेला भएर पक्राउ गरिए सत्ता पलट गरिदिने चेतावनी दिएका छन् ।
गत चैतमा संसदमा बहुमत गुमाएर हटेलगत्तै उनले सेना र सरकारको कडा आलोचना गर्दै आएका छन् । खानले आफ्ना निकट सहयोगीलाई यातना दिएको आरोप लगाउँदै आउनुभएको छ ।
गत शनिबारको आमसभामा खानले इस्लामावादका प्रहरी प्रमुख र एक जना महिला न्यायाधीशमाथि आफ्ना सहयोगीलाई हिरासतमा राखेर यातना दिईएको भन्दै त्यसको परिणामका लागि पर्खेर बस्न चेतावनी दिएका थिए ।
सोही भाषणका आधारमा खानले आतंकवाद विरोधी कानूनको उल्लंघन गरेको आरोप लगाएर छानविन थालेको जनाइएकाे छ।
Facebook Comments Box