रानिल विक्रमासिंघे श्रीलंकाको नयाँ राष्ट्रपतिको रुपमा निर्वाचित भएका छन्।
बुधबार श्रीलंकाको संसदमा भएको निर्वाचनमा जित हात पार्दै उनी श्रीलंकाको आठौं कार्यकारी राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
बुधबारको निर्वाचनमा उनले १३४ मत पाएका थिए भने उनका प्रतिस्पर्धीहरु डुलास अलाहापेरुमाले ८२ र अनुरा कुमारा दिशानायकेले ३ मत पाएका थिए।
Facebook Comments Box