काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपक्ष पदबाट राजीनामा दिन तयार भएका छन्।
प्रदर्शनकारीहरूले राष्ट्रपति भवन तथा प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेपछि उनले राजीनामा दिने घोषणा गरेका हुन्।
उनको राजीनामा सम्भवत बुधवार आउने अनलाइन समाचार पोर्टले डेली मिररले जनाएको छ।
शनिवार प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति निवास र प्रधानमन्त्री आ-आफ्ना भवनहरूमा थिएनन्। आर्थिक अव्यवस्थाको विरोधमा श्रीलङ्कामा केही महीनादेखि विरोध प्रदर्शन हुँदै आएको छ ।
दुवै जनाले पदबाट राजीनामा दिने घोषणापछि देशका प्रमुख सहरहरुमा प्रदर्शनकारीहरुले खुसीयाली मनाएका छन् ।
Facebook Comments Box