झापा । चर्चित भारतीय गायक तथा संगीतकार बप्पी लहिरीको निधन भएको छ।
६९ वर्षको उमेरमा उनको आज निधन भएको हो।
विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका गायकको मुम्बईस्थित क्रिटिकेयर अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सन् ८० र ९० को दशकमा बलिउडमा डिस्को संगीत थालनी गर्ने श्रेय उनलाई जान्छ । उनलाई ‘डिस्को किङ’ भनेर पनि चिनिन्छ।
एक महिनाअघिनै अस्पतालमा भर्ना भएका उनी र सोमबार मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए। उनी सुनका गहनाका सोखिन पनि हुन्।
Facebook Comments Box