काठमाडाै । सुप्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ ।
९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
दैनिक भास्करका अनुसार कोरोना भाइरसका अनुसार २९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकी पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो ।
तर, निमोनिया निको नहुँदा उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो ।
Facebook Comments Box