एजेन्सी । बलिउड अभिनेत्री मल्लिका शेरावत केही दिनअघि पेरिसमा हमलाको सिकार भएकी थिइन् । उनलाई तीनजना युवाले आक्रमण गरेका थिए । यो आक्रमणपछि पहिलोपटक मल्लिकाले अन्तर्वार्ता दिएकी छिन् ।

अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘म एउटा बलियो महिला हुँ । मलाई हराउन तीनभन्दा धेरै मान्छे चाहिन्छन् ।’ यो आक्रमणको समयमा उनीसँग अर्का एकजना व्यवसायी पनि थिए । मल्लिकामाथि भएको यो आक्रमणको बलिउड कलाकारले पनि निन्दा गरेका थिए ।
तर, पेरिसमा कलाकारमाथि भएको यो पहिलो हमला होइन । यसअघि अक्टोबरमा हलिउड अभिनेत्री किम कार्दसियनमाथि पनि आक्रमणका साथै लुटपाट भएको थियो ।
Facebook Comments Box