एजेन्सी । भारतीय ५ सय तथा १ हजारका नाेटमा प्रतिबन्ध लाग्दा सर्वसाधारण एक-एक रूपैयाका लागि तड्पिरहेका बेला भारतकाे कर्नाटकमा भाजपाका पूर्वमन्त्री जनार्दनका रेड्डीले अाफ्नी छाेरीकाे विवाहमा ५०० करेड रूपैया खर्चगरेका छन्। विवाहमा ५०००० पाहुना तथा ३००० सुरक्षाकर्मी उपस्थित थिए ।

जुन सरकारले यसै मुद्दाकाे विषयलार्इ लिएर भाजपा तथा केन्द्रीय सरकारलार्इ कटघरामा उभ्याएकाे छ, त्यही सरकारले निजी मामला भन्दै छाेरीकाे विवाहमा यति धरै खर्च गरेका हुन् ।
कर्नाटकमा रेड्डीकी छाेरीकाे विवाहकाे विषयलार्इ लिएर केजरीवालदेखि कांग्रेससम्मका कैयैं नेताले प्रश्न उठाएका छन् । प्रश्न एउटा विवाहमा ५०० कराेड रूपैंया खर्च गर्ने मात्र नभएर रेड्डीकाे विलासी जीवनकाे बारेमा समेत रहेकाे छ ।

दुलहीले लगाइन् ९० कराेडका गहना
विवाहमा सबैभन्दा बढी खर्च दुलहीकाे गहनाका लागि भएकाे थियाे । उनले लगाएकाे हिराजडित नेकलेसकाे मात्र २५ करेण रूपैंयाकाे रहेकाे छ । यसका अलावा अन्य गहना समेत गर्दा जम्मा ९० कराेडका गहना दुलहीले लगाएकी थिइन् । उनले लगाएकाे सुनकाे तारजडित सारीकाे मूल्य ४० लाख रूपैंयाभन्दा बढी रहेकाे थियाे । उनले लगाएका सारी र गहनाकाे जम्मा मूल्य १०० करेडभन्दा बढी रहेकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।