काठमाडौैं । तरकारीवाली नामले विश्वभरी नै चर्चित बनेकी गोरखा भुम्लिचोककी १८ वर्षीया कुसुम श्रेष्ठ मोडलिङतिर लागेकी छन् ।
गत कात्तिक १२ गते कीर्तिपुरका रुपचन्द्र महर्जनले झलुङ्गेपुलमा तरकारी बोकेर आउँदै गरेको र तरकारीको क्रेटसँगै मोबाइलमा कुरा गरेको तस्विर खिचेर आफ्नो फेसबुकमा राखेका थिए ।

फिस्लिङ तरकारी पुर्याउन उनले क्रेटमा बोकेर झलङ्गे पुल पार गर्दै थिइन् । महर्जनले आफ्नो फेसबुकमा राखेको कुसुमको उक्त फोटो फेसबुर र ट्वीटरमा एकाएक भाइरल बन्यो । उनको फोटो इन्टरनेटमा भाइरल बनेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरुले समाचार बनाए । बीसीसी, डेलीमेल लगायतका अन्तर्राष्ट्रिय मिडियाहरुले पाकिस्तानमा भाइरल बनेको चियावालासँग तुलना गर्दै सामाचार सम्प्रेषण गरे ।

त्यसपछि नेपालको सरकारी टेलिभिजन, कान्तिपुर टेलिभिजनदेखि बीबीसी नेपाली सेवामा समेत अन्तरर्वार्ता दिन पुगिन् । गोरखामा जन्मिएकी ४० वर्षीय चन्द्रलाल र ३८ वर्षीया ज्ञानु श्रेष्ठकी एक्ली छोरी कुसुम सामान्य किसान परिवारकी हुन् । उनी चितवनमा कक्षा १२ मा ब्यवस्थापन संकायमा पढ्दैछिन् । जसरी पाकिस्तानका चियावाला इन्टरनेटमा तस्विर भाइरल बनेपछि पेश बदलेर मोडलिङतिर लागे, त्यसैगरी सामान्य किसान परिवारकी कुसुमले पनि मोडलिङतिर लागेकी छन् ।
कुसुम कान्तिपुरको शुक्रबार साप्ताहिकको मोडल बनेको तस्विर छापिएको छ । कृष्ण भट्टराईको संयोजनमा रोजिना श्रेष्ठको पहिरनमा महेश प्रधानले ब्यवसायिक तस्विर खिचेका छन् । एकाएक चर्चामा अाएकी कुसुमलार्इ सिनेमामा खेल्न पनि अफर अाउन थालेकाे बताउँछिन् ।