मुम्बइ । इन्डियन आइडलको १२औं संस्करणको उपाधि पवनदिप राजनले जितेका छन्।
आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको १२ घन्टा लामो फाइनलमा राजनले बाजी मारेका हुन्।
उनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै अवार्ड उचाले।
२४ वर्षे पवनदीप राजनको जन्म भारतको उत्तराखन्ड कुमाउँको चम्पावतमा भएको हो।
गायनमा मात्र नभएर उनी वाद्यवाधन मा पनि उत्तिकै पोख्त छन् । उनी गितार, ढोलक, तबला, हार्मोनियम, पियानो, ड्रमलगायत धेरै किसिमका बाजा बजाउँछन् ।
Facebook Comments Box