मुम्बई । बलिउड अभिनेता दिलिप कुमारको निधन भएको छ ।
मुम्बईको हिन्दुजा अस्पतालमा उनको बुधबार बिहान ७ बजेर ३० मिनेटमा निधन भएको बलिउड मिडियाले जनाएका छन् ।
९८ बर्षका दिलिप कुमारलाई पछिल्लो केही समय यता सास सम्बन्धी समस्या रहेको थियो ।
दिलिप कुमारले अभिनय करियरमा कयौं हिट फिल्म दिएका छन् ।
Facebook Comments Box