Author: खबरमञ्च

झापा- अविरल वर्षासँगै झापाका विभिन्न स्थानमा बाढीको जोखिममा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा एक सय २९ मिलीमिटरसम्म वर्षा मापन गरिएको छ । कचनकवल, बारदशी, झापा, गौरीगञ्ज र कन्काई नगरपालिकाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । बाढी सतर्कता प्रणालीअन्तर्गत बारदशी गाउँपालिका–३ को भागडुब्बा र कचनकवल गाउँपालिका–५ को पिनडालबारीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको सहयोगमा जडान गरिएका साइरन बज्न थालेको जनाइएको छ । साइरनले बासिन्दालाई समयमै सुरक्षित स्थानतर्फ जान सघाउने अपेक्षा गरिएको छ । त्यस्तै, साइरन प्रणाली झापा गाउँपालिकाको कुवाडी र गौरीगञ्ज गाउँपालिका–५ को कुञ्जीबारीमा समेत सञ्चालनमा…

Read More

झापा- मनमोहन अस्पताल बिर्तामोडको आयोजनामा भएको आन्तरिक फुटसल प्रतियोगितामा पुरुषतर्फको उपाधि इमरजेन्सी वार्डको समूहले हात पारेको छ। अर्जुनधारा १० मा रहेको गमस्ता स्पोर्ट्स हबमा शनिबार भएको प्रतियोगितामा अपरेशन थिएटरको टोलीले उपविजेतामा चित्त बुझायो। त्यस्तै महिलातर्फको उपाधि अपरेशन थिएटर र पोस्ट अपरेटिभ वार्डको संयुक्त टोलीले हात पार्यो। ओपिडी टिमले उपविजेतामा चित्त बुझायो। पुरुषतर्फ ७ र महिलातर्फ ६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए। विजेता तथा उपविजेता टोलीलाई अस्पतालका अध्यक्ष नरेश खरेल, कार्यकारी प्रमुख रोमनी भट्टराई, सञ्चालक सदस्यहरू कुलप्रसाद खरेल, भोलादेवी भट्टराई, डम्बर बस्नेत तथा शेयर सदस्य यज्ञनिधी रेग्मीले पुरस्कार वितरण गरेका थिए। पुरुष तर्फको बेस्ट प्लेयर अपरेशन थिएटर टोलीका उमेश रिजाल घोषित…

Read More

झापा – कोशी प्रदेशमा पछिल्लो दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाले ज्यान गुमाएका छन् भने ४१ वटा हात्तीको पनि मृत्यु भएको छ। प्रदेश वन निर्देशनालय, धरानले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०६२/६३ देखि चालु आर्थिक वर्षको हालसम्ममा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्लामा यो मानवीय क्षति भएको हो। निर्देशनालयका प्रमुख डा. इन्द्रप्रसाद सापकोटाका अनुसार सोही अवधिमा हात्तीको आक्रमणबाट ८७ जना गम्भीर र १५ जना सामान्य घाइते भएका छन्। झापामा सर्वाधिक क्षति प्रदेशका पाँच जिल्लामध्ये हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको संख्या झापामा सबैभन्दा बढी रहेको डा. सापकोटाले बताए। छिमेकी मुलुक भारतबाट हात्तीहरू झापा हुँदै नेपाल प्रवेश गर्ने भएकाले पनि यस जिल्लामा…

Read More

भद्रपुर – हिजो साँझ भद्रपुरमा सुमोको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन्। घटना साँझ ५:३० बजे भद्रपुर वडा नम्बर ९, दुर्जन टोलस्थित घोडामारा–धुलाबारी भित्री सडकखण्डमा भएको हो। घोडामाराबाट धुलाबारीतर्फ जाँदै गरेको को १ च ६३९३ नम्बरको सुमोले सोही ठाउँका ४५ वर्षीय धनसिंह राजवंशीलाई ठक्कर दिएको थियो। राजवंशीको टाउको र दुवै हातखुट्टामा चोट लागेको छ। उनको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ र उनको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ। घटनास्थलमा खटिएको प्रहरी चौकी घोडामाराको टोलीले सुमो र सुमो चालक मोरङ रतुवामाई वडा नम्बर २ बस्ने २९ वर्षीय सतिसकुमार अमात्यलाई नियन्त्रणमा लिएको छ।

Read More

झापा- रसुवाको भोटेकोशी नदीमा गएराति अर्को बाढी आएको छ । भोटेकोशीमा जलसतह एक्कासी बढेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार चीनतर्फ ठूलो पानी परेर बाढी आयो या अघिल्लो पटक जस्तो हिमनदी फुट्यो यकिन हुन सकेको छैन । भोटेकोशीको बाढीले रसुवागढी–स्याफ्रुबेशी सडक फेरि विच्छेद भएको छ । त्यस्तै केही पुल र क्याम्प पनि बगाएको जानकारी आएको छ । बाढी आउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर नदी तटिय क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार मानवीय क्षति भएको अवस्था छैन । त्रिशूली नदी आसपासमा पनि सतर्कता अपनाउन अनुरोध गरिएको छ । गएको असार…

Read More

भद्रपुर (झापा)- झापाको दमक–४ चियाबगानस्थित आज बिहान सवारी दुर्घटनामा परी साइकलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी साइकलयात्री दमक–४ घरघरेका ६० वर्षीय सोमबहादुर विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते भएका विकलाई उपचारका लागि दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रनाउ खड्काले बताए। दुर्घटनामा परेको बस र मकवानपुर हेटौँडा उपमहानगरपालिका–७ का ४७ वर्षीय बस चालक राजेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

अस्ट्रेलिया – गैरआवासीय नेपाली महासङ्घ (NRNA) अस्ट्रेलियाको कोषाध्यक्ष पदमा लुना सिवाकोटीले उम्मेदवारी घोषणा गरेकी छन्। उनले आफ्नो उम्मेदवारीलाई ‘विश्वास माग्ने’ अभियानका रूपमा प्रस्तुत गर्दै NRNA संस्थालाई पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायी नेतृत्वतर्फ डोर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। अनुभव र प्रतिबद्धता: सिवाकोटीले २०२३ देखि २०२५ सम्म न्यू साउथ वेल्सको NRNA सदस्य पदमा रहेर काम गर्ने मौका पाएको बताइन्। नेपालमा रहँदा झापा जिल्लामा अपाङ्गता क्षेत्रमा क्रियाशील लेखाजोखा केन्द्रको जिल्ला संयोजक भएर काम गरेको अनुभव पनि उनले सुनाइन्। “जहाँ मैले मानव सेवा र संस्थागत पारदर्शिताबीचको गहिरो सम्बन्ध बुझ्ने अवसर पाएँ,” उनले भनिन्। उनका अनुसार, कोष भनेको केवल रकम मात्र नभई यो विश्वास हो, र…

Read More

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा नेकपा (माओवादी केन्द्र) मुख्य दोषी रहेको गम्भीर आरोप लगाएका छन्। पुष्पलाल स्मृति दिवसका अवसरमा मङ्गलबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक अवस्था लथालिङ्ग हुनु र कम्युनिष्ट कार्यकर्ताहरू अपमानित हुने अवस्थामा पुग्नुमा माओवादी केन्द्रको त्रुटि रहेको दाबी गरे। “नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्टको दोष छ,” उनले भने, “कम्युनिष्ट शक्तिहरूमा माओवादीको सबैभन्दा ठूलो दोष छ। आजको राजनीति भ्रष्ट हुनु, लथालिङ्ग हुनुमा, नेता कार्यकर्ताहरूलाई अपमानित हुने ठाउँमा पुर्‍याउनुमा सबैभन्दा त्रुटि माओवादीको छ। हाम्रो हो नि। हाकी उम्किने ठाउँ छैन।” महासचिव चन्दले जिम्मेवारीबाट र…

Read More

काठमाडौँ- विपद्का बेला कर्मचारीहरु अत्यावश्यक काममा बाहेक विदामा नबस्ने भएका छन् ।  हालै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको सचिवस्तरीय बैठकले  मनसूनजन्य विपद् व्यवस्थापनका लागि संयन्त्रहरु परिचालन गर्दै विपत्भरी कर्मचारीहरु अत्यावश्यक बाहेक अरु बेला विदामा नबस्ने गरी निर्णय भएको छ । मन्त्रालय/निकाय, सुरक्षा निकाय, विकास साझेदार, संयुक्त राष्ट्र संघीय निकाय, रेडक्रस अभियान तथा गैरसरकारी एवं सामुदायिक संस्थाहरूले आवश्यक पूर्वतयारी तथा खोज, उद्धार र राहतका कार्यहरू गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा प्रभावकारी ढंगले गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । लाइफलाइन सडकमा भएका अवरोध तत्काल हटाउने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउने गरी निर्णय भएको छ…

Read More

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले राष्ट्रिय सभामा राखेको ‘कुलिङ अफ पिरियड’ संशोधन प्रस्ताव फिर्ता नलिए गठबन्धनमा दरार आउन सक्ने चेतावनी दिएका छन्। ४३ औँ विपी स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले प्रतिनिधि सभाबाट भएको गल्तीलाई सच्याउने र दोषीलाई कारबाही गर्ने उद्देश्यले सर्वसम्मत रूपमा छानबिन समिति गठन गरिएको स्मरण गराए। तर, एमालेले राष्ट्रिय सभाबाट कुलिङ पिरियड हटाउने प्रयास गर्दै आएकोप्रति उनले आपत्ति जनाए। सो प्रयासले राजनीतिक ‘दुर्घटना’ निम्त्याउने चेतावनी दिए। शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फरक धारणा र मतप्रति सम्मानजनक व्यवहार गर्न आग्रह गरे। उनले भने, “एउटै पार्टीभित्र पनि विभिन्न मत हुन्छन्, गठबन्धनमा त झन् फरक…

Read More