भद्रपुर – हिजो साँझ भद्रपुरमा सुमोको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन्। घटना साँझ ५:३० बजे भद्रपुर वडा नम्बर ९, दुर्जन टोलस्थित घोडामारा–धुलाबारी भित्री सडकखण्डमा भएको हो।
घोडामाराबाट धुलाबारीतर्फ जाँदै गरेको को १ च ६३९३ नम्बरको सुमोले सोही ठाउँका ४५ वर्षीय धनसिंह राजवंशीलाई ठक्कर दिएको थियो। राजवंशीको टाउको र दुवै हातखुट्टामा चोट लागेको छ।
उनको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ र उनको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।
घटनास्थलमा खटिएको प्रहरी चौकी घोडामाराको टोलीले सुमो र सुमो चालक मोरङ रतुवामाई वडा नम्बर २ बस्ने २९ वर्षीय सतिसकुमार अमात्यलाई नियन्त्रणमा लिएको छ।
Facebook Comments Box
