झापा- मनमोहन अस्पताल बिर्तामोडको आयोजनामा भएको आन्तरिक फुटसल प्रतियोगितामा पुरुषतर्फको उपाधि इमरजेन्सी वार्डको समूहले हात पारेको छ।
अर्जुनधारा १० मा रहेको गमस्ता स्पोर्ट्स हबमा शनिबार भएको प्रतियोगितामा अपरेशन थिएटरको टोलीले उपविजेतामा चित्त बुझायो।
त्यस्तै महिलातर्फको उपाधि अपरेशन थिएटर र पोस्ट अपरेटिभ वार्डको संयुक्त टोलीले हात पार्यो। ओपिडी टिमले उपविजेतामा चित्त बुझायो।
पुरुषतर्फ ७ र महिलातर्फ ६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए। विजेता तथा उपविजेता टोलीलाई अस्पतालका अध्यक्ष नरेश खरेल, कार्यकारी प्रमुख रोमनी भट्टराई, सञ्चालक सदस्यहरू कुलप्रसाद खरेल, भोलादेवी भट्टराई, डम्बर बस्नेत तथा शेयर सदस्य यज्ञनिधी रेग्मीले पुरस्कार वितरण गरेका थिए।
पुरुष तर्फको बेस्ट प्लेयर अपरेशन थिएटर टोलीका उमेश रिजाल घोषित भए भने महिला तर्फको बेस्ट प्लेयर अपरेशन थिएटरकै पुनम गिरी घोषित भइन्।
अस्पतालका कर्मचारीहरूबीच आपसी सदभाव बृद्धि गर्न उक्त प्रतियोगिता आयोजना गरिएको अस्पतालका प्रशासन प्रमुख ज्ञानबहादुर कुँवरले बताए।