झापा- झापामा विषालु सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ।
झापाको अर्जुनधारा नगरपालिका-११, चाम्लिङडाँडामा गएराति सुतिरहेका १० वर्षीय अनिश राईलाई सर्पले टोकेको थियो। उनी इन्द्रबहादुर राईका छोरा हुन्।
सर्पले टोकेपछि उनका बुबाले उपचारका लागि तत्काल चारआली सर्पदंश केन्द्र पुर्याएका थिए। त्यहाँ उपचारपश्चात् थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो।
अस्पतालमा डाक्टरले चेकजाँच गर्दा बालकको मृत्यु भइसकेको प्रहरीले जानकारी दिएको छ। मृतक बालकको शव सोही अस्पतालमा राखिएको छ।
Facebook Comments Box