Author: खबरमञ्च
बिर्तामोड- बिर्तामोड नगरपालिकाले वडा नम्बर ७ मा रहेको सीताराम मन्दिर टोल कषक समूहलाई बाख्रा वितरण गरेको छ । मेयर पकेट प्याकेज ग्रामिण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत आज १५ जना कृषकलाई ४५ वटा बाख्रा वितरण गरेको हो । प्रतिकृषक ३ वटाका दरले विमा गरिएका बाख्रा वितरण गरिएको हो । उक्त समूहलाई एउटा उन्नत जातको विउ बोकासमेत वितरण गरिएको छ । बाख्रा साटासाट कार्यक्रम बिर्तामोडमा २०७४ सालदेखि सञ्चालनमा छ । बिर्तामोडमा १८ वटा बाख्रा कृषक समूह छन् । कार्यक्रम सुरु भएदेखि अहिलेसम्ममा ८ सय १० वटा बाख्रा वितरण गरिसकिएको नगरका पशुपंछि तथा मत्स्य विकाश शाखा प्रमुख डा. नगेन्द्र खड्काले जानकारी दिए। कार्यक्रमकी…
बिर्तामोड- बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित अदुवा खोलामा धमाधम तटबन्धन भइरहेको छ । बिर्ताबजार पश्चिम पुलको उत्तर भागमा ४४ मिटर क्षेत्रफलमा तटवन्धन कार्य भइरहेको हो । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको ३० लाख रुपैयाँ बजेटमा उपभोक्ता समितिमार्फत काम भइरहेको वडा नम्बर ३ का वडासदस्य हरि बाँस्कोटाले जानकारी दिए । यसमा ५ प्रतिशत उपभोक्ताकोसमेत श्रमदान रहनेछ । तटवन्धनले कटानको समस्या हल हुनका साथै छठ पुजास्थलसमेत व्यवस्थित हुने वडाअध्यक्ष मदन बुढाथोकीले बताए । वडा नम्बर १ र ५ को सिमानामा रहेको धिमाल टोल नजिकैको अदुवा खोला किनारमा पनि तटवन्धन कार्य धमाधम भइरहेको हो । ३० लाख रुपैयाँ बजेटमा उपभोक्ता समिति…
झापा- झापाको कचनकवल गाउँपालिका–१ स्थित घेराबारी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य सहायक (हे.अ.) विक्रम राजवंशीलाई गाउँपालिकाले सेवा करारबाट बर्खास्त गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलका अनुसार, राजवंशी विकास मेडिकल फार्मेसीसँग संलग्न भई प्रतिबन्धित औषधिको अवैध कारोबारमा संलग्न भएको पुष्टि भएपछि वैशाख २८ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार सेवा सम्झौता रद्द गरिएको हो। औषधि व्यवस्था विभागको टोलीले वैशाख २५ गते बाह्रदशी ५ फुलबारीमा रहेको उक्त फार्मेसीमा निरीक्षण गर्दा ट्रामाडोल ७९५, एन्टीकोफ ४७० र डिक्लोमिन ३,९८० ट्याब्लेट फेला पारेको थियो। सो दिन राजवंशी कार्यस्थलमा अनुपस्थित रहेका थिए। निरीक्षणपछि गाउँपालिकाले उनलाई फार्मेसीसँगको सम्बन्धबारे कागजात पेश गर्न पत्राचार गरेको थियो, तर उनले तोकिएको म्यादभित्र…
कचनकवल- कचनकवल गाउँपालिकाले स्थानीय शिक्षा प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसहित कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरि चालु शैक्षिक सत्रदेखि लागू गरेको छ। हाल प्रारम्भिक चरणमा कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तक औपचारिक रूपमा लागू गरिएको गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले जानकारी दिए। गाउँपालिकाभित्र रहेका ३० वटा सामुदायिक विद्यालयमा यो पाठ्यक्रम लागू गरिएको छ भने निकट भविष्यमा संस्थागत विद्यालयहरूमा पनि सोही पाठ्यक्रम विस्तार गरिने अध्यक्ष राजवंशीले बताए। गाउँपालिकाको सभाहलमा आयोजित एक समारोहमार्फत “कचनकवल ज्ञानमाला शृङ्खला” अन्तर्गत तयार गरिएको स्थानीय पाठ्यक्रम र कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तकहरू विमोचन गरिएको हो। उक्त कार्यक्रममा गाउँपालिका अध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत…
झापा- ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केबलकार निर्माणको बाटो खुलेको छ। पाथीभरा क्षेत्रमा प्रस्तावित केबलकार परियोजनाले वातावरणीय सन्तुलनमा असर पार्ने र लिम्बु समुदायको मुन्धुमी सभ्यतामाथि संकट ल्याउने भन्दै रोक लगाउन माग गरिएको रिटमा सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेपछि निर्माणको ढोका खुलेको हो। २०७८ चैत ७ गते यामबहादुर लिम्बुसहित आठ जनाले पाथीभरा देवी दर्शन केवलकार प्रा.लि. लगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसअनुसार प्रारम्भिक सुनुवाइमा न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले केबलकार निर्माण तत्काल रोक्न आदेश दिएको थियो। तर आज भएको सुनुवाइमा न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेशलाई निरन्तरता…
काठमाडौँ- सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरूसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ । बुधबार सार्वजनिक भएको महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार पछिल्लो एक वर्ष अर्थात् आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु ९१ अर्ब ५९ करोड ७९ लाख बराबर बेरुजु थपिएको छ । महालेखापरीक्षकको ६२ औं प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु रु सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख बराबर छ । अद्यावधिक बेरुजु गतवर्षको भन्दा नौ दशमलव ४५ प्रतिशतले बढेको छ । त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना…
नयाँ दिल्ली- भारत र पाकिस्तानबीच कूटनीतिक तनाव पुनः चुलिँदै गएको छ। मङ्गलबार दुवै देशले एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने निर्णय गरेका छन्। पाकिस्तानले भारतका एक कूटनीतिज्ञमाथि जासुसी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै उनलाई ‘अस्वीकार्य व्यक्ति’ घोषणा गरेको छ। इस्लामावादस्थित भारतीय उच्चायोगका ती अधिकारीलाई २४ घण्टाभित्र पाकिस्तान छाड्न आदेश दिइएको पाकिस्तानी परराष्ट्र मन्त्रालयले जनाएको छ। पाकिस्तानी विदेश मन्त्रालयका अनुसार भारतीय कार्यवाहक राजदूतलाई मन्त्रालयमा बोलाई सो निर्णयबारे औपचारिक जानकारी दिइएको हो। साथै, भारतीय नियोगका कर्मचारीहरूले आफ्नो कूटनीतिक भूमिकासँग मेल नखाने गतिविधिबाट जोगिन सुनिश्चित गर्न आग्रह पनि गरिएको छ। यसअघि भारतले पनि नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा कार्यरत एक कूटनीतिज्ञलाई देश छाड्न…
झापा- बैंकिङ कसूर मुद्दामा झापा बिर्तामोडका भानु शिवाकोटी पक्राउ परेका छन्। अञ्जली ओभरसिजका सञ्चालक तथा वैदेशिक रोजगार व्यवसायी संघ झापाका पूर्व अध्यक्षसमेत रहेका शिवाकोटीलाई बैशाख २८ गते आइतवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिए। शिवाकोटीविरुद्ध झापा बिर्तामोड–३ निवासी कुमार दाहालले शिवाकोटीविरुद्ध ११ लाख रुपैयाँको चेक बाउन्स भएको उजुरी दिएका थिए। उजुरीका आधारमा उनलाई पक्राउ गरी हाल जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
भोजपुर- भोजपुरको रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ। प्राकृतिक सौन्दर्य, लालीगुराँसको वन र हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने यो पदमार्गले स्थानीय व्यापार, पर्यटन र उत्पादनको बजारीकरणमा टेवा पुर्याएको छ। करीब ७० लाख लागतमा निर्माण भइरहेको पदमार्ग हाल ओख्रे बजारदेखि करिब ७ किलोमिटरसम्म विस्तार भइसकेको छ र चुलाचुली क्षेत्रसम्म जोड्ने योजना छ। पदमार्गलाई मुन्दुम ट्रेलसँग जोड्ने, चियाखेती विस्तार गर्ने र होमस्टे संचालन गर्ने तयारीसमेत गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिए। यो परियोजना नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको हो।
झापा- कञ्चनजङ्घा हिमाल आरोहणको क्रममा एक फ्रान्सेली महिला पर्वतारोहीको मृत्यु भएको छ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविरबाट शनिबार राति ११ बजे आरोहण गर्ने क्रममा ६३ वर्षीया मारगेटा मोरिङको ज्यान गएको हो। स्वासप्रश्वासमा समस्या आएपछि उनको अवस्था गम्भीर बनेको थियो। यद्यपि घटनाको जानकारी प्रहरीलाई आइतबार मात्र प्राप्त भएको हो। प्राप्त जानकारी अनुसार मृतकको शव करिब ७,५०० मिटर उचाइमा रहेको छ। उक्त स्थान प्रहरी चौकी याम्फुदिनबाट करिब ७५ किलोमिटर टाढा पर्छ।